२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने तय भएको नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए ।

गिरीले आन्दोलन र वार्ता सागसँगै लाने बताएका छन् । उनले भने, ‘बिहान ८ बजे सरकारले वार्ताकालागि पुनः बोलाएको छ भने शिक्षकहरूको प्रदर्शन पनि जारी रहनेछ । वार्ता सहमतिनजिक पुगेको पनि उनले बताए । भोलि त्यसलाई मूर्त रुप दिनेबारे छलफल हुने उनले जानकारी दिए ।

आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग छलफल भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com