२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विश्व सम्पदा क्षेत्रमा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले महानगरपालिकाले बनाएको ‘नो भेहकल जोन’ पालना गरेकोमा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार वसन्तपुरमा इन्द्रजात्रा  अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरू पैदल हिँडेर गएका थिए । सोही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उनले उपलब्धि भएको उल्लेख गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो’, उनले उल्लेख गरेका छन् ।

साथै उनले परिवर्तनलाई स्वीकार गरेकोमा उनले सबैलाई आभारी व्यक्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com