२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Janasewa News

गाजामा अस्पतालमाथि भएको आक्रमणप्रति नेपाल स्तब्ध

काठमाडौँ – सरकारले गाजाको एक अस्पतालमा बुधबार निर्दोष नागरिकको हत्या भएकामा स्तब्ध भएको जनाउँदै त्यसको निन्दा गरेको छ । साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

विज्ञप्तिमा सर्वसाधारणविरुद्ध भएको आक्रमणप्रति नेपाल सरकार गम्भीर रूपमा चिन्तित भएको तथा जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षाका लागि सम्बद्ध पक्षलाई आह्वान गरिएको छ । “ हामी शान्तिमा विश्वास गर्छौं, वार्ताबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com