२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ ।

आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जनाकारी दिएका थिए ।

उनका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com