२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राष्ट्रियसभाका अध्यक्षद्वारा विजयादशमीको शुभकामना

काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

विजया दशमीका आवरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समाजलाई सभ्य, शान्तिपूर्ण, मावनतापूर्ण, समतापूर्ण, सुसंस्कृति र शिक्षित समाजका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जनतामा पलायको समृद्धिको सपना पूरा गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा उल्लेख गरेको बताउनुभएको छ । सामाजिक, सांस्कृतिक, चाडपर्व, मूल्य मान्यता, तथा चलन रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गको रुपमा रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com