२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिएका छन् ।

उनले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिए ।

त्यस्तै राष्ट्रपति पौडेलले आजै दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिए । सर्वसाधारणको लाइन बाँकी नै रहेकाले निर्धारित समयभन्दा एक घण्टा पछिसम्म पनि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने क्रम जारी थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com