२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाजको घर फिर्ती, के फेरि प्रधानमन्त्री बन्लान् ?

काठमाडौं । आम चुनावको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ स्वनिर्वासनको अन्त्य गर्दै घर फर्किएका छन् ।

सैनिक शासनका कारण आफूलाई निर्वासन गर्न बाध्य शरिफ निर्वाचनबाट आर्जन गर्न सकिने अभिलाषासहित घर फर्किएको विश्लेषण कतियपले गरेका छन् ।

सन् २०१८ मा आफूलाई प्रधानमन्त्रीमा पराजित गरेका इमरान खान जेलमा रहेको अवस्थामा उनी स्वदेश फर्किएका हुन् ।

पाकिस्तानमा तीनपटक प्रधानमन्त्री भएका शरिफ लण्डनमा चार वर्ष बसे । सन् २०२२ मा इमरान खान प्रधानमन्त्रीबाट हटेसँगै उनी राजनीतिनमा फेरि सक्रिय भएका थिए । शरिफ माथि अझै पनि मुद्दा छ । आफूमाथिको मुद्दाको फैसलाले जेल चलान गर्न नसक्ने कारणले उनी निर्धक्क छन् ।

स्वनिर्वासनबाट शरिफ पहिलोपटक स्वदेश फर्किएका होइनन् । सन् २००७ मा उनी र प्रतिपक्षी दलका नेता बेनजिर भुट्टोले सेनासँग ऐतिहासिक सम्झौता गरे । सन् १९९९ को कू ले शरिफलाई अपदस्थ गरेपछि दुई नेताले चुनावमा भाग लिने सहमति गरेका थिए । त्यस निर्वाचनमा पाकिस्तानी पिपल्स पार्टीले बहुमत ल्याएको थियो । त्यसको एकसातापछि चुनावी र्‍यालीका दौरान भुट्टोको हत्या भएको थियो ।

के शरिफ फेरि प्रधानमन्त्रीमा निर्वाचित होलान् ?

शरिफको दलले उनीनै प्रधानमन्त्रीको उम्मेदवार हुने बताइसकेको छ। ७३ वर्षीय उनका लागि प्रधानमन्त्री बन्नका लागि ठूलो चुनौती छ । उनका प्रमुख प्रतिद्वन्द्वीलाई जेलमा राखेकाले चुनाव निष्पक्ष नहुने चिन्ता मतदातामाझ छ । अर्कोतर्फ वर्तमान आर्थिक संकटमा उनैलाई दोष लगाउनेहरु धेरै छन् । उनलाई सैन्य शासनको पनि चुनौती छ ।

बेलायतमा निर्वासनका क्रममा उनले सेना प्रमुख तथा जासुसी संयन्त्रका प्रमुखका अनावश्यक हस्तक्षेपका कारण पाकिस्तानमा राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाउने गरेका थिए । उनको यस आरोपलाई दुवै निकायले अस्वीकार गर्दै आएको थियो ।

शरिफले न्यायाधीशहरुनै मिलेर प्रधानमन्त्रीलाई फर्जी मुद्दा लगाएको आरोप लगाएका थिए । यसकै कारणले पनि कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल शासन गर्न नपाएको उनको भनाइ थियो ।

इमरान खानको जेल चलान र उनीमाथिको मुद्दा पनि राजनीति प्रेरित रहेको उनको भनाइ छ । शरिफका प्रतिद्वन्द्वी दलले उनीसँग सम्झौता गरेरै सैन्य शासकले घर फिर्ता गराउने माहौल मिलाएको आक्षेप लगाएका छन् । उनका प्रुतिद्वन्दी शरिफलेनै चुनाव जित्ने सुनिश्चितता नरहेको बताउँछन् ।

पाकिस्तान तेइरिक ए इन्साफका जुल्फी बुखारी भन्छन्,  ‘शरिफनै प्रधानमन्त्री बन्ने कुनै सुनिश्चितता छैन । उनीमाथि दर्जनौँ मुद्दा छ भने अदालतले उनलाई जिन्दगीभर चुनाव लड्न नपाउनेगरी प्रतिबन्ध गरेको छ ।’

के इमरानको राजनीतिक भविष्यको अन्त्य भएको हो ?

इमरान खानका समर्थकहरु शान्त र प्रतिवद्ध छन् । तर, पर्यवेक्षहरुहरु भन्छन्, ‘नतिजा शरिफको पक्षमा पार्नका निम्ति चलखेखल भइरहेछन् ।’

राजनीतिक विश्लेषक वजाद मसुद भन्छन्, ‘हाम्रो राजनीतिको परिदृश्य र लिपी दुरुस्तै छन् । राजनीतिक पात्रमात्रै परिवर्तन हुन्छन् । सन् २०१८ मा इमरान खानलाई सहयोग गरेको सैन्य शासकले यसपकट शरिफलाई सत्तामा उकाल्न खोजेको छ ।’

यद्यपि सैन्य शासकबाट यस विषयमा कुनै पनि प्रतिक्रिया आएको छैन ।

के चुनाव निष्पक्ष होला ?

इमरान खान जेलमा रहेको र उनको दलमाथि सैन्य दमनका कारण निष्पक्ष निर्वाचन हुनेमा धेरैले आशंका व्यक्त गरेका छन् । खान गिरफ्तार हुनुअघि पीटीआइनै अग्रपंक्तिमा थियो । जुल्फी बुखारी आगामी निर्वाचनमा सबैलाइ प्रतिस्पर्धाका लागि समान अवसर प्राप्त हुनेमा आशंका व्यक्त गर्छन् । अन्य दल पनि यसमा सहमत छन् ।

पीटीआइका बुखारी भन्छन्, ‘निर्वाचनको सम्मुखमा लोकप्रिय नेतालाई थुनेर कसरी निष्पक्ष निर्वाचन हुनसक्छ । यदि निष्पक्ष निर्वाचन भएमा खानको भोट बैंकको तागत सबैले देख्नेछन् ।’

राजनीतिक विश्लेषकहरु शरिफनै आउनसक्ने संभावनालाई नकार्दैनन् । अहिलेको चुनावी लडाइँको केन्द्रमा अर्थतन्त्रनै हो । बढ्दो महँगीको प्रभाव बहुसंख्यक मतदातमा परेको छ ।

पीएमएल -एनले शरिफले पटक-पटक पाकिस्तानको नेतृत्व गरेकाले यसको समाधानका उपायबारे उनी राम्रो जानकार रहेको बताउँछन् । अधिकांश पाकिस्तानी मुलुकको प्रजातन्त्र धरासयी रहेका कारण दिक्क छन् । युवा जमातले राजनीतिमा सैन्य हस्तक्षेप रूचाएका छैनन् ।

के सैनिकले शरिफलाई फेरि विश्वास गर्न सक्छ ?

पाकिस्तानको राजनीतिमा हस्तक्षेप गर्ने सेनाले शरिफको शासन कालमा पनि धेरैपटक हस्तक्षेप गर्‍यो । तर, यसपटक कुनै पनि विकल्प बाँकी नरहेपछि सेनाले फेरि शरिफलाई अर्को अवसर दिन लागेको मसुद बताउँछन् ।

‘पहिला खानलाई अवसर दिँदा सुरक्षित हुने ठानेँ । तर उनको शासनकालमा आफूहरुलाई चुनौती थपिएको भान भएसँगै सेनाले हस्तक्षेप गर्न थाल्यो । अन्तत खान सत्ताच्युत भए,’ उनले भने , ‘अब फेरि शरिफलाई प्रयोग गर्न खोजिएको छ,’ उनले भने ।

१६ वर्षअघि पनि उनी सेनासँग सम्झौता गर्दै निर्वाचनका लागि स्वेदश आएका थिए । यसपटक पनि सम्झौतासहित फर्किएको उनको भनाइ छ ।

शरिफको सैन्य शासकसँग विगतमा पनि मतेभेद रहेको स्मरण गर्दै पूर्व सांसद नदिम अफजल चन भन्छन्, ‘उनी पक्कै एस म्यान हुने छैनन् ।’

पहिले निर्वाचनको मिति तोकेर पछि अर्थतन्त्र जोगाउने काममा सक्रिय हुने पक्षमा पाकिस्तानका राजनीतिक दलहरु छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com