२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

आज पनि लगाइँदै बडादसैँको टीका र जमरा

काठमाडौँ- आज बिहीबार बडादसैँकाे तेस्राे दिन पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । दसैँको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आशीर्वाद लिन जाने गर्दछन् ।

मङ्गलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैँ सुरु भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैँ पर्व समाप्त हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com