२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

अमेरिकामा फेरि गाेलीबारी : २२ जनाकाे मृत्यु, ५० भन्दा बढी घाइते

काठमाडौँ- अमेरिकाकाे ल्यूइस्टन, मेनकाे एक रेस्टुरेन्टमा बुधबार राति अन्धाधुन्ध गाेलीबारी (मास शूटिङ) हुँदा २२ जनाकाे मृत्यु भएकाे छ । उक्त घटनामा करिब ६० जना घाइते भएका छन् । उनीहरूमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

सीएनएनका अनुसार गाेलीबारी गर्ने बन्दुकधारी अझैसम्म नियन्त्रणमा नआएका कारण त्यहाँकाे स्थानीय प्रहरीले सर्वसाधारणहरूलाई सुरक्षित भएर लुक्न आग्रह गरेकाे छ ।

गोलीबारी ३ ठाउँमा राति करिब ८ बजे भएकाे स्थानीय प्रहरीले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ती बन्दुकधारी अहिले फरार छन् । फरार रहेका ती सन्दिग्ध व्यक्तिको दुईवटा तस्बिर जारी गर्दै पहिचान गर्न र सूचना दिन प्रहरीले आग्रह गरेको छ । साथै ती बन्दुकधारीले सहरका विभिन्न भागमा घटना घटाएको पनि बताइएको छ । एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com