२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

डोनाल्ड ट्रम्पकी जेठी श्रीमती इभाना ट्रम्पको निधन

डोनाल्ड ट्रम्पकी जेठी श्रीमती इभाना ट्रम्पको निधन

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी तथा उनका तीन सन्तानकी आमा इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन् ।

उनले लेखेका छन्, ‘उनी एक शानदार महिला थिइन्, सुन्दर र अद्भुत जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

इभाना ट्रम्प र डोनाल्ड ट्रम्पका तीन सन्तान छन् । डोनाल्ड जूनियर, इभान्का र एरिक ट्रम्प ।

समाचार एजेन्सी एपीका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले लेखे अनुसार इभानालाई न्युयोर्कमा उनको घरको सिँढी नजिकै भेटिएको थियो । उनी लडेको हुनसक्ने आशंका गरिएको छ ।

डोनल्ड र इभाना सन् १९८० देखि १९९० को दशकसम्म न्युयोर्कका चर्चित व्यक्तित्व थिए र उनीहरुको सम्बन्धविच्छेदको खबरले निकै चर्चा पायो ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com