२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नेपाल आईपुगे राष्ट्रसंघीय महासचिव गुटेरेस

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । ​आफ्नो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् ।

नेपालको चार दिने औपचारिक भ्रमणका लागि गएराती आइपुगेका उनलाई  विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलवायु परिवर्तनका बारेमा छलफल गर्नेछन् । उनले आज अपरान्ह १ः१५ बजे पछि प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेटवार्ता गर्नेछन् ।

यस भ्रमणको क्रममा महासचिव गुटेरेस स्याङबुचे जानेछन भने पोखरासहित अन्नपुर्ण पदमार्ग पुग्ने र लुम्बिनीमा शान्ति ध्यान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com