२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

प्रमुख राजनीतिक दलहरू एकै ठाउँ उभिएर परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्छौं- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्ने बताएका छन्।

नेपाली कांग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायत परिवर्तनविरूद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गरे।

‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरूलाई एकताबद्ध गर्नमा केन्द्रित छ,’ उनले भने।

कांग्रेसको चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा सुरू गरिएको भन्दै उनले यसले आपसी एकता र सदभाव वृद्धि गरेको बताए।

चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्ने, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीति दलहरूका बीचमा सहमति बनाउने प्रयत्न भएको स्पष्ट पारे। उनले अन्तर्राष्ट्रिय रूपमा पनि सरकारबाट लिइएका कूटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघको महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेका जानकारी दिए।

‘यी भ्रमणहरू सरकारले लिएको कूटनीतिक सफलताका परिणाम हुन्,’ उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com