२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

१२ कात्तिक, काठमाडौं । गएराति नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । महासचिव गुटरेस आइतबार राति नेपाल भ्रमणमा आएका थिए ।

भ्रमणको पहिलो दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

त्यस्तै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि महासचिव गुटरेसले भेटवार्ता गर्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com