२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा दुई वटा विधेयक पेस भएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको छ भने भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ । दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् ।

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए । उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपचारिक पोसाकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन समेत दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com