२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

आइपिएलको अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन ।

यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल दुई खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् ।

युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपिएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ । जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्री हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

योसँगै नेपाली खेलाडीले आइपिएलमा खेल्ने प्रतिक्षा थप एक वर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो ।

सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहेपनि कुनै टिमले किनेको थिएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com