२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

ललितपुरलाई हराउँदै काठमाडौं प्ले अफमा, झापा बाहिरियो

काठमाडौं । डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सले लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई हराएको छ र, नेपाल सुपर लिगको प्ले अफमा स्थान बनाएको छ ।

शनिबार भएको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरश्वेरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको काठमाडौंले प्ले अफमा स्थान बनायो । हारका बाबजुद १० अंकका साथ चौथो स्थानमा रहेको ललितपुर पनि प्ले अफमा पुग्यो ।

समान अंक जोडेर पनि गोल अन्तरमा पछि परेको झापा भने प्ले अफमा पुग्न सकेन ।

धनगढी क्वालिफायरमा

लिग चरणको अन्तिम खेलमा काठमाडौंको जितले धनगढी एफसीलाई फाइदा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढीले दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको छ ।

अब उसले फाइनल प्रवेशका लागि सोमबार पोखरा थन्डर्ससँग खेल्नेछ । शीर्ष स्थानमा रहेका पोखराले ८ खेलबाट १५ अंक जोडेको छ ।

तेस्रो र चौथो स्थानमा रहेर प्ले अफमा पुगेका काठमाडौं र ललितपुरले मंगलबार इलिमिनेटर खेल्नेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नु पर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com