२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

क्रिसमस मनाइरहेका बाइडनलाई जब अमेरिकन एअर बेसमा हमलाको सूचना आयो

वासिङ्‌टन डिसी- अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी सेनाले सोमवार इराकमा इरान समर्थित लडाकुहरूले प्रयोग गर्ने तीन वटा लक्ष्यमा आक्रमण गरेको बताएका छन् ।

उत्तरी इराकमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक घाइते भएपछि राष्ट्रपति जो बाइडनको अनुमतिपछि इरान समर्थित मिलिशिया समूहहरूविरुद्ध बदला लिने आदेश दिएपछि ती आक्रमणहरू भएका हुन् ।

‘अमेरिकी सेनाले इराकमा कातेब हिजबुल्लाह र धेरै समूहहरूले प्रयोग गर्ने तीन वटा लक्ष्यहरूमा आक्रमण गरे,’ अस्टिनले एक विज्ञप्तिमार्फत भने । उनले अगाडि भने ‘यी सटीक हमलाहरू इराक र सिरियामा अमेरिकी अधिकारीहरूविरुद्ध इरानी प्रायोजित मिलिशिया आक्रमणको प्रतिक्रियाको स्वरूप गरिएका हुन् । त्यसअघि कातेब हिजबुल्लाह जस्ता समूहहरूले अर्बिल एयर बेसमा आक्रमण गरेका थिए ।’

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले अर्बिल एयर बेसमा सोमबार भएको आक्रमणमा एक जना अमेरिकी सैनिक गम्भीर घाइते भएको बताइन् । यस आक्रमणको जिम्मेवारी इरान समर्थित मिलिशिया काताइब हिजबुल्लाहले लिएको थियो ।

अमेरिकी राष्ट्रपतिलाई क्रिसमस मनाउने क्रममा सोमबार यस हमलाको जानकारी गराएपछि बाइडनले यस हमलाको तुरुन्त जवाफ दिन निर्देशन दिएका थिए । र लगत्तै सेनाले तयारी सुरु गरेर जवाफी हमला गरेको थियो ।

इराकमा कटाइब हिजबुल्लाह लक्ष्यहरू आक्रमण गर्नका लागि लोयड अस्टिन र राष्ट्रिय सुरक्षा परिषद् टोलीले तीन वटा लक्ष्यहरूमा आक्रमण गर्ने योजना बनाएका थिए ।

अर्बिल एयरबेसमा भएको हमलाको लागि अमेरिकाले इरानलाई दोष दिएको छ । अमेरिकाले इरानले हमासलाई तालिम दिएको र आफ्ना धेरै समूहलाई मध्यपूर्वका विभिन्न ठाउँमा तैनाथ गरेको बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com