२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०-१० लाख राहत दिने

काठमाडौँ- सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई जनही १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । सो वापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकास गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकले आह्वान गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । उनले घटनाको छानबिनका आधारमा अघि बढ्ने जिकिर गरिन् ।

गोली चलाउन आदेश दिने कर्मचारी, डिएसी र मन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको उनले बताइन् । अदालतको पूर्ण फैसला आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र भिड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिवलाई पनि निलम्बन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

इपिएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा वीरेन्द्र साह र सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com