२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

सरकारलाई नेकपा एसको चेतावनी : गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो

काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ ।

शुक्रबार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्युपछि पार्टीले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरूको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको विरोध गरेको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका केन्द्रीय सदस्य सुदेश पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताए । उनले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको बताए । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे ।

नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com