२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बागमती प्रदेशलाई हराउँदै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौँ- सुदूरपश्चिम प्रदेशले पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनल प्रवेशको सम्भावना कायमै राखेको हो ।

सुदूरपश्चिमले अब फाइनल प्रवेशका लागि कोशी प्रदेशको सामना गर्नेछ । यता आइतबार नै भएको पहिलो क्वालिफायरमा नेपाल एपीएफ क्लबले कोशीलाई ५२ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आइतबारको खेलमा बागमतीले दिएको एक सय रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १४ ओभर ३ बलमा केवल १ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमलाई जित दिलाउन बिन्दु रावलले ४९ बलमा ७ चौकाको मदतमा अविजित ५४ रनको योगदान गरिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरभित्रै सबै विकेट गुमाएर केवल ९९ रन बनाउन सक्यो । बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६ रन बनाउँदा सुदूरपश्चिमकी करिश्मा थापाले सर्वाधिक ३ विकेट हात पारिन् । लक्ष्मी साउद र रितु कनौजियाले समान २-२ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com