२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

पाँच वटा संसदीय समितिको बैठक बस्दै, के-के हुँदैछ छलफल ?

काठमाडौँ- आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिबाट भएको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ भने बिहान साढे ८ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत्‌ विधेयक, २०८० र सप्तरी भ्रमण कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com