२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

युरोको मूल्य १४७ रूपैयाँ नाघ्‍यो, अरूको कति छ ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । बुधबार एकको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ ।

मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसामा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा बुधबार १३ पैसाले बढेको हो ।

यस्तै युरोपियन युरो घटेको छ । आज युरो एकको खरिदमा १४६ रूपैयाँ ३ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६९ पैसा तोकिएको छ । बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ६७ पैसा र बिक्री मूल्य १४७ रूपैयाँ ३३ पैसा तोकिएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा बढेको हो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा तोकिएको छ । मंगलबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा कायम गरिएको थियो ।

उता अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा तोकिएको छ ।

कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ५० पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६६ पैसा कायम हुँदा राष्ट्र बैंकले आज एक साउदी अरेबियन रियालको खरिद मूल्य ३५ रूपैयाँ ४७ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा र मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ९० पैसा र बिक्रीदर २९ रूपैयाँ ३ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

बुधबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५६ पैसा कायम हुँदा बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसामा कारोबार हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com