२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राष्ट्रियसभा उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ ।

हिजो र अस्ति उम्मेदवारीमाथि उजुरी र छानबिन प्रक्रिया सम्पन्न गरेपछि निर्वाचन आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।

फागुन २० गते रिक्त हुन गइरहेको २० राष्ट्रियसभा सदस्यमध्ये १९ जनाका लागि माघ १३ गते निर्वाचन हुदैँछ । एकजना भने मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए, जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुट्‌याइएको थियो ।

उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ, सो प्रकाशित नामावलीमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com