२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गाजामा ४ हजार बढी विद्यार्थी मारिए, ३८८ विद्यालय ध्वस्त

गाजा- इजरायली हमलामा परी गाजामा ४ हजारभन्दा बढी विद्यार्थीको मृत्यु भएको छ ।

प्यालेस्टाइनको शिक्षा मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखि हालसम्म ४ हजार ३६८ विद्यार्थीको मृत्यु भएको छ ।

साथै, सो हमलामा परेर ३८८ विद्यालयमा बम विष्फोटका कारण क्षतिग्रस्त भएको छ ।

प्यालेस्टिनी शिक्षा मन्त्रालयका हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गाजा पट्टीमा अक्टोबर ७ यता इजरायली आक्रमण सुरु भएपछि हालसम्म ४ हजार ३६८ प्यालेस्टाइनी विद्यार्थीहरू कब्जामा लिएको क्षेत्रमा मारिएका छन् ।

मन्त्रालयको विज्ञप्तिअनुसार विगत साढे तीन महिनामा गाजामा मारिएका विद्यार्थीहरूको संख्या ४ हजार ३ सय ६८ भएको र इजरायली आक्रमणमा अन्य ७ हजार ८ सय १९ घाइते भएको बताएको छ ।

कब्जा गरिएको वेस्ट बैंकमा ४१ विद्यार्थीहरू मारिएका छन् र २८२ अन्य घाइते भएका छन् । सोही अवधिमा इजरायलले कम्तीमा ८५ विद्यार्थीलाई पक्राउ गरेको थियो । साथै गाजा पट्टीमा २३१ शिक्षक र प्रशासकहरू मारिए र ७५६ घाइते भएका छन् ।

मन्त्रालयका अनुसार गाजा स्ट्रिपमा इजरायलले कम्तीमा २८१ सरकारी विद्यालय र संयुक्त राष्ट्रसंघीय राहत र शरणार्थी कार्य एजेन्सीसँग आबद्ध ६५ विद्यालयमा बमबारी गरेको थियो । जसमध्ये ८३ वटा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए भने सात वटा पूर्ण रूपमा ध्वस्त भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com