२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

बुधबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोमा गिरावट आएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको भाउ ३० पैसाले बढेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

यसैगरी आज ४२ पैसाले घटेर युरोको एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा तोकिएको छ । मंगलबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।

यता जापानी येन १० को खरिददर ९ रूपैयाँ ४ पैसा कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ ८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३६ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ११ पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ २७ पैसा र बिक्रीदर २८ रूपैयाँ ३९ पैसा कायम गरेको छ ।

साथै कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ९० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com