२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

पिपल्स च्वाइस अवार्डको मनोनयनमा अनन्तसहित पाँच खेलाडी

काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले माघ २८ गते आयोजना गर्न लागेको २० औँ संस्करणको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

एनएसजेएफले बुधबार एक कार्यक्रममार्फत पिपल्स च्वाइसको मनोनयनमा परेका पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा फुटबल खेलाडी अनन्त तामाङ, कराते खेलाडी विप्लवलाल श्रेष्ठ, भलिबल खेलाडी निरुता ठगुन्ना, टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका हुन् ।

यस विधाको विजेताको टुंगो ई-सेवाको भोटिङ, एनएसजेएफका सदस्यको मत, सामाजिक सञ्जालको मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा गरिने एनएसजेएफले जनाएको छ ।

ई-सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेएफका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ ।

एनएसजेएफ र इ-सेवाबीच सम्झौता

यसैबीच, एनएसजेएफले बुधबार नै भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवासँग सम्झौता गरेको छ ।

ई-सेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता हस्ताक्षर कार्यक्रमकाबीच गौतमले मनोनयनमा परेका पाँचै जनालाई ई-सेवा केयर प्याकेज प्रदान गरिने जानकारी गराए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com