२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा भोलिदेखि झापाबाट सुरु हुने

 

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (भोलि) देखि झापाबाट संवाद यात्रा सुरु गर्ने भएका छन् । महामन्त्री थापाले शनिबार विहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका हुन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ । महामन्त्री थापाले शनिबार विहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन् ।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् ।

महामन्त्री थापा शनिबार विहान ९.३० देखि १० बजेसम्म झापा चाकमा चिया संवाद गर्नेछन् । थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग सम्वाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।

थापाले बुधबार विहान १० बजे कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२.३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, कन्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com