२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले पार्टी छैन : विशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताएका हुन् ।

भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएकोपनि आरोप पनि लगाए । भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने पनि धारणा राखे ।

साक्षात्कारमा कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरेका छन् । सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको उनको भनाइ छ ।

त्यस्तै सत्तारूढ दल नेकपा ९एकीकृत समाजवादी०का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार पूर्णरुपमा सफल भएको उनको भनाइ छ ।

उनले माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले सदनमा बालहठ देखाएको जिकिर गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com