२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

काठमाडौँ- गायिका रचना रिमाल सवार स्कार्पियो गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेकी छैनन् ।

उनले दुर्घटनाबारे फेसबुकमार्फत् जानकारी गराएकी छिन् । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com