२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

मेनुकाले पाइन् आँखा देख्ने एआई जडित चस्मा

काठमाडौं,१५ माघ । इन्डियन आइडलमा आफ्नो प्रस्तुतिमार्फत सदैव चर्चामा रहेकी छन् नेपाली गायिका मेनुका पौडेल । दृष्टिविहीन उनले आइडलकै मञ्चमार्फत आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन्।

उक्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्छिन्। आइतबार प्रसारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक नितिन र रोहनले एआईजडित चस्मा प्रदान गरेका हुन्।

चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो ।

चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।

मेनुका इन्डियन आइडको टप १० मा पुगिसकेकी छन् । नेपाल आइडलको सिजन १ मा सहभागी भएकी उनी त्यस समयमा टप १२ बाट बाहिरिएकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com