२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

राशिदको पाँच विकेट र दिलिपको अर्धशतकमा नेपाल पुलिसको लगातार सातौं जित

काठमाडौँ- नेपाल पुलिस क्लबले पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हात पारेको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सोमबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रतियोगितामा लगातार सात खेल जितेको हो ।

जारी प्रतियोगिता पुलिस एकमात्र अपराजित टिमको रुपमा रहेको छ । उसले एक खेलमा पनि पराजय भोगेको छैन । यता गण्डकी प्रदेशको यो ८ खेलमा छैटौं पराजय हो । गण्डकीले दुई खेलमा मात्र जित हात पारेको छ ।

सोमबार १ सय ७१ रनको लक्ष्य पुलिसले २४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा दिलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्काको मदतमा ५७ रन तथा अर्जुन साउदले ४४ रनको योगदान गरे । कुशल भुर्तेलले ६ बलमा ४ चौका र १ छक्काको मदतमा २२ रन बनाए । आरिफ शेख २७ रनमा नटआउट रहे ।

गण्डकीका लागि सन्दीप पराजुलीले २ तथा विपिन खत्री र कमल परियारले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो । गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रन तथा करण पंगेनी र कमल परियारले समान ३०-३० रन जोडै ।

पुलिसका लागि राशिद खानले सर्वाधिक ५ तथा ललित राजवंशी र करण केसीले समान २-२ विकेट हात पारे भने दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com