२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सहिद दिवसको प्रेरणालाई नभुलौँ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन् । सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार सहिद प्रति नमन व्यक्त गरेका हुन् ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com