२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालय स्तरीय क्रिकेट हुन लागेको स्पष्ट पारिन् ।

‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उनले भनिन्,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिरबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो ।’

गौतमवुद्ध क्रिकेट रङ्गशालाको नमुना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागी हुनेछन् ।

प्रमुख दाहालले अहिले विद्यालय स्तरीय क्रिकेट लिग हुन लागेको भए पनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गरिन् ।

महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि धेरै सकारात्मक प्रयास गरिरहेको उनले जानकारी दिइन् ।

शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नीति, नियम, कार्यविधि, मापदण्ड निर्माण गरी त्यसको कार्यान्वयन गर्दै आएको पनि बताइन् ।

महानगरले एक कक्षा कोठा एक शिक्षक, सामाजिक, गणित तथा आइसिटी ल्याबको व्यवस्था गरी प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेको प्रमुख दाहालले बताइन् ।

विगतमा भरतपुरका अधिकांश विद्यालयमा भवन निर्माणको कार्यलाई प्राथमिकता दिएको भए पनि अब भने नयाँ कार्यक्रमहरू ल्याउने उनले जानकारी दिइन् ।

वार्षिकोत्सवको अवसरमा वडा नम्बर २४ को कार्यालयबाट विपन्न तथा जेहेन्दार छात्राहरूलाई साइकल वितरण गरिएको थियो ।

भरतपुर वडा नम्बर २४ का रामबहादुर गोदारले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहकार्य हुन जरुरी रहेको बताए ।

सङ्घीयता आएसँगै धनधान्यञ्चल लगाउने, चन्दा उठाउने परिपाटी अन्त्य भई स्थानीय सरकारले पर्याप्त भौतिक संरचना हुनु सबैको लागि खुसी विषय रहेको उल्लेख गरे ।

वडा नम्बर २४ ले आधारभूत तहका विपन्न, दलित, जेहेन्दार, जनजाति विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा, छात्रा वृत्ति स्वरूप विद्यालय पोसाक प्रदान गर्दै आइरहेको अध्यक्ष गोदारको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com