२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

प्रचण्ड र देउवा संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा नै छैनन् : ओली

‘अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुने गरी संक्रमणकालीन न्यायको विषय टुङ्गिन नसक्ने बताएका हुन् । उनले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा नै नरहेको जिकिर गरे । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुंग्याएर पीडितमाथि अन्याय गरिएको उनले बताए ।

हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीले अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे । राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लङ्घन गर्ने एमालेको नीति नरहेको उनले प्रष्ट पारे । उनले एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा मानव अधिकारसहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com