२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा : लक्ष्य हासिल गर्न कार्य सम्पादनमा थप तीव्रता आवश्यक

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्यसम्पादन सम्झौता आ.व. २०८०/०८१ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समग्रमा कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूबाट सन्तोषजनक कार्य सम्पादन भएतापनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी क्रियाकलापको कार्यान्वयनमा कार्यालयहरूबाट कार्य सम्पादनमा थप तीव्रता दिन आवश्यक रहेको उल्लेख गरेका हुन् ।

समयसापेक्ष सांगठनिक विकास, प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र समग्रमा संगठनको शुद्धीकरण नै कार्ययोजनाको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा नै सीमित नराखी तत्काल कार्यान्वयनमा लैजान जिम्मेवार सम्पूर्ण विभाग तथा कार्यालयहरूले जोड दिनुपर्ने बताए । कार्यप्रगतिको विषयमा आफ्ना धारणा र सुझावहरू प्रस्तुत गर्दै उनले सम्पूर्ण जिम्मेवार विभाग तथा कार्यालयहरूबाट तयार भएका योजना प्रतिवेदन, निर्देशिका तथा मापदण्डहरूले अपेक्षित उद्देश्य हासिल तथा लक्ष्य प्राप्त हुने गरी तर्जुमा गरिएको छ/छैन भन्ने सम्बन्धमा सुनिश्चित हुन जरुरी रहेको जिकिर गरे ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका प्रतिनिधि, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान विवरण, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, ट्राफिक व्यवस्थापन सुधार लगायतका विषयमा आ-आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com