२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एसीसी प्रिमियर कप : नेपालले भोलि माल्दिभ्सविरुद्ध खेल्दै

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार माल्दिभ्सविरुद्ध खेल्दैछ ।

समूह ‘डी’ मा रहेका नेपाल र माल्दिभ्सबीचको खेल बान्गीस्थित युकेएम-वाइयसडी क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

यसअघिका दुवै खेल जितेर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले मंगलबारको खेलमा माल्दिभ्सलाई पराजित गर्दै समूह विजेता बन्ने योजनामा छ ।

यता माल्दिभ्स भने अघिल्ला दुवै खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ । तर, समूह चरणको अन्तिम खेलमा भने नेपाललाई पराजित गरेर सान्त्वना जित हात पार्न चाहन्छ ।

नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेट तथा दोस्रो खेलमा भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो ।

माल्दिभ्सले भने पहिलो खेलमा भुटानसँग ९४ रनको पराजय भोग्दा दोस्रो खेलमा हङकङसँग १ सय ७२ रनको पराजय बेहोरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com