२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

जनयुद्ध नस्विकार्नेको भण्डाफोर गर्छौंः वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादी जनयुद्धका उपलब्धिको उपभोग गर्ने तर जनयुद्ध स्वीकार नगर्ने प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान चलाइने बताएका छन् ।

२९औं जनयुद्ध दिवसका अवसरमा मंलबार राजधानीमा आयोजित एक कार्यक्रमा पुनले अवसरवादी प्रवृत्तिका केही दल तथा राज्य सञ्चालनका महत्त्वपूर्ण भूमिकामा रहेकाहरू जनयुद्धबाट प्रत्यक्ष लाभ लिए पनि नियोजित रूपमा आफूहरूको आन्दोलनबारे जनतामा भ्रम फैलाउन उद्धत रहेको बताए ।

माओवादी जनयुद्धले नेपालको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा आमूल परिवर्तन र जागरण ल्याएको भन्दै त्यसका परिणामहरू समाजमा विभिन्न रूपमा प्रकट भइरहेको उल्लेख गरे । सयौँ वर्षको आधुनिक नेपालको इतिहाससमा एकै पटक मुलुकको सर्वोच्च पद राष्ट्र प्रमुख, न्यायालय प्रमुख र विधायिका प्रमुखमा महिला पुग्नु, संघीय संसद र प्रदेशसभामा ३३ प्रतिशत तथा ७ सय ५३ वटै पालिकाका ४० प्रतिशत तथा निजामती सेवामा २८ प्रतिशत महिला सहभागिताको वातावरण बन्नुमा आफूहरूको नेतृत्वमा भएको जनयुद्ध कारण रहेको दाबी उनको थियो ।

पुनले आफूहरू जहिले पनि सत्यका आधारमा तथ्य खोज्ने मार्क्सवादी शैलीको पक्षमा रहेको भन्दै विरोधीका भ्रमहरू चिरेर इतिहासमा जनयुद्ध युगान्तकारी परिवर्तन ल्याउने आन्दोलन थियो भन्ने सत्य स्थापित गरेर छाड्न सफल हुने विश्वास व्यक्त गरे ।

आफूले २४ वर्षको छँदा ०५२ फागुन १ गते पहिलो पटक रोल्पाको होलेरी प्रहरी चौकी आक्रमणको नेतृत्व गरेको भन्दै पुनले आवश्यक परे फेरि अर्को जनयुद्ध लड्न तयार रहेको बताए  । यद्यपि आफ्नो पार्टी प्रतिस्पर्धात्मक राजनीतिको पक्षमा रहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानबाट पछि नहट्ने बताए । उनले भ्रष्टाचारमा मुछिएका सत्तारुढ दल र आफ्नै पार्टीका मानिसहरूलाई समेत उन्मुक्ति नदिने पक्षमा प्रधानमन्त्री रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com