२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

वीर अस्पतालका पसलमा औषधि अभाव : अधिकांश औषधि किन्न बाहिर पठाउँछन्

काठमाडौँ- वीर अस्पतालको औषधि पसलले अधिकांश औषधि किन्न बाहिर पठाउने गरेको खुलेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधि पसलमा रहेका औषधिहरू पनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो । अस्पतालभित्र रहेका दुईवटा औषधि पसलले अधिकांश औषधि नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएकाले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधि स्टोरमा रहेको पाइएको थियो ।

स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीरभित्रको फार्मेसी विस्तार गरी सबै प्रकारका औषधि राख्न निर्देशन दिएका थिए । त्यस्तै अनुगमन टोलीले अस्पताल बाहिरको दुईवटा औषधि पसलको अनुगमन गर्दा मापदण्डविपरीत पाइएपछि सिल गर्न निर्देशन दिएको छ । अस्पताल बाहिरको उपकार सेवा फार्मेसी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा औषधि बिक्रीवितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए ।

उनले औषधि पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com