२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

आइतबारसम्म कायम सेयरधनीले हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर पाउने

६ फागुन, काठमाडौं । आज आइतबारसम्म कायम सेयरधनीले मात्रै हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउने छन् । आइतबारसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले कम्पनीद्वारा यसअघि घोषित ४ प्रतिशत सेयर बोनस पाउने र साधारणसभामा सहभागी हुन सक्ने छन् ।

कम्पनीले लाभांश प्रयोजनका लागि सोमबार बुक क्लोज तय गरिएको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । सो बमोजिम अघिल्लो दिनसम्म कायम सेयरधनी मात्रै लाभांश पाउन र साधारणसभामा सहभागी हुन हकदार हुन्छन् ।

फागुन २० गते राष्ट्रिय सभागृहमा कम्पनीको साधारणसभा बस्दैछ । साधारणसभामा बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत कम्पनीले लैजानेछ । संस्थापक समूहबाट १ जना र साधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकहरु पनि साधारणसभाले चुन्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com