२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन् । उनले प्रतिक्रियावाद र संशोधनवादविरुद्ध संघर्ष गर्न अब तयारी गर्नुपर्ने धारणा राखे ।

कम्युनिष्टहरूले संसदीय व्यवस्थालाई आदर्श मानेर जाने काम नेपालमा दुर्भाग्यको घटना भएको वैद्यले बताए । उनले धोकाधढीका कारण नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने अभियान बीचमै रोकिएको जिकिर गरे ।

संसदलाई स्वीकार गर्ने प्रवृत्तिले मुलुकलाई अघि बढाउन नसक्ने भएकाले सच्चा मार्क्सवादीहरू विचारात्मक संघर्षलाई अघि बढाउन एक ढिक्का हुनुपर्ने उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com