२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बालकुमारी घटना : जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा मन्त्री गुरुङ र बस्नेतलाई

काठमाडौँ- सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी सिफारिस गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । समितिले प्रतिवेदन अध्ययन गरि कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले कार्तिक १७ गते भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको उनले बताइन् । त्यस्तै बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन १६ गतेदेखि फागुन मसान्तसम्म म्याद थप गर्ने निर्णय समेत गरेको उनको भनाइ छ ।

मन्त्रिपरिषद्ले चितवनको भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com