२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

कुशलको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो ।

नेपालका लागि कुशल मल्लले ५५ रन तथा आरिफ शेखले ३१ रन बनाए । गुल्सन झाले २६ रन, अनिल साहले २३ रन तथा कप्तान रोहित पौडेलले १० रन जोडे । दिपेन्द्र सिंह ऐरीले १६ रनको योगदान गरे ।

नामिबियाका लागि बेन सिकन्गोले ३, ज्याक ब्रासेलले २ तथा रुवेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज र जान निकोल १-१ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com