२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

केन्द्रको सत्ता गठबन्धनको असर: मुख्यमन्त्री पाण्डेले हटाए माओवादीका दुई मन्त्री

काठमाडौँ  – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सुशीला सिंखडा र रमेश जुग्जालीलाई हटाएका हुन् ।

जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री र सिंखडा सामाजिक विकासमन्त्री थिए । उनले यसलाई मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताए ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेससँग सहकार्य तोडेर नेकपा एमालेसहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेपछि  प्रदेशमा त्यसकै असर परेको हो । पाण्डे नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com