२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

कर्णालीमा कांग्रेसका तीनै जना मन्त्रीहरूले दिए राजीनामा

काठमाडौँ- कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन्।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, स्वास्थ्यको विषय हेर्ने सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन्। तीनै जनाले राजीनामा प्रदेश प्रमुखलाई समेत बुझाइसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com