२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

रुसी सहर बेल्गोरोडमा बमबारी – दुईको मृत्यु, पसल र विद्यालयहरू बन्द

काठमाडौँ – रुसी सहर बेल्गोरोडमा बमबारीपछि पसल र विद्यालयहरू बन्द गरिएका छन्। बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार घटनामा दुई जनाको मृत्यु भएको छ ।

त्यहाँका अधिकारीहरूले बमबारीको दोष युक्रेनलाई लगाएको छ । एयर डिफेन्स सिस्टमले आठ युक्रेनी मिसाइलहरू खसालेको ग्लाडकोभले दाबी गरे ।

‘युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडका विद्यार्थीहरू सोमबार र मंगलबार विद्यालयमा जादैँनन्’, गभर्नरले भने, ‘बजारहरू आइतबार र सोमबारसम्म बन्द हुनेछन् ।’

रुसमा आम चुनावमा मतदान जारी छ । अधिकारीहरूले भ्लादिमिर पुटिनको जित निश्चित रहेको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com