२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

राष्ट्र बैंकले पाएन संयोजक, फेरि खुलायो आवेदन

काठमाडौँ- समस्याग्रस्त सेयर मार्केट एण्ड फाइनान्स कम्पनी सञ्चालनका लागि संयोजक नभेटिएपछि चैत १३ गतेसम्मका लागि राष्ट्र बैंकले पुनः आवेदन खुला गरेको छ ।

उक्त संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा स्नातोकत्तर उपाधि हासिल गरेको हुनुपर्छ। साथै, बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त बैंकिङ विज्ञ रहेको व्यक्तिहर”ले व्यवस्थापन संयोजक पदमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले खुलाएको आवेदनमा उल्लेख अनुसार व्यवस्थापक संयोजकको सेवा अवधि १ वर्ष रहेको र कार्य अवधि समाप्त भएपछि पनि कार्यप्रगतिका आधारमा ६/६ महिना गरी २ पटकका लागि म्याद थप सकिने छ। केन्द्रिय बैंकका अनुरास मासिक तलब कर बाहेक १ लाख २६ हजार ३ सय रुपैयाँ तोकिएको छ।

यसैगरी दसैं भत्ताबापत १ महिनाको पारिश्रमिक दिइने छ । ३५ पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन् ।

फागुन १४ मा कम्पनी सञ्चालनका लागि दुई व्यक्ति सम्मिलित व्यवस्थापन समितिको आवेदन खुलाए पनि राष्ट्र बैंकले तोकेको योग्यताअनुसार संयोजक पदमा आवेदन नपरेपछि चैत ७ गते पुनः आवेदन आह्वान गरेको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com