२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रतिकित्ता एक हजार ८३ रुपैयाँ पुग्यो सर्वोत्तमको सेयर मूल्य

काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएदेखि निरन्तर सर्किट लाग्न थालेको सेयरको मूल्य कारोबार सुरु भएयता निरन्तर बढिरहेको छ । कम्पनीको सेयरको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो ।

कम्पनीको सेयर यही चैत ६ गतेदेखि कारोबार सुरु भएको थियो । त्यसयता प्रत्येक कारोबार दिनमा सर्किट लागिरहेको छ । नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । सूचीकृत भएयताको ७ कारोबार दिनमा पनि सेयरले सर्किट हानेको हो ।

कम्पनीले यही फागुन २५ गते सेयर बाँडफाँड गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गर्दै ५५ हजार ५२१ जनालाई सेयर परेको जानकारी दिएको थियो । सो क्रममा २६ जनाले भने ५१ कित्ताका दरले सेयर पाएका थिए । सर्वोत्तमले बूक विल्डिङ विधिमार्फत प्रतिकित्ता ३६०.९ रुपैयाँमा सेयर बिक्री खुलाएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com