२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताएका छन् ।

प्रहरी समायोजन ऐन र संघीय निजामती ऐन संघीयता कार्यान्वयनका लागि संवेदनशील र अत्यन्त महत्त्वपूर्ण ऐनहरू आफूले कार्यान्वयनको प्रक्रिया अघि बढाएको उनले दाबी गरे ।

शुक्रबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा लगिएको र संघीय निजामती सेवा ऐन विस्तृत बहसपछि प्रतिनिधिसभामा पेस गरिएकाले सो विधेयक संघीय संसदको दुवै सदनबाट छिट्टै पारित हुने विश्वास व्यक्त गरे ।

‘संघीयता कार्यान्वयनको सम्बन्धमा दुईवटा असाध्यै संवेदनशील र अत्यन्त महत्त्वपूर्ण ऐन संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ । यो विषय सदनलाई जानकारी गराउन पाउँदा विशेष खुसी पनि महसुस भएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकारले संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com