२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

जथाभावी बाँडिएका एसईई अनुगमन अनुमति पत्र रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुगमनका लागि जथाभावी बाँडिएका अनुमति पत्र रद्द गरेको छ ।

प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारी बाहेकको अनुगमन अनुमति पत्र बोर्डले रद्द गरेको हो ।

अनुगमनको नाममा आधिकारिक पदाधिकारी बाहेकका व्यक्ति परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षार्थीहरूलाई असुविधा भएको बोर्डले जनाएको छ ।

अनुगमन अनुमति रद्द गरेका व्यक्तिको आवश्यकता परेमा पर्यवेक्षण मात्र गर्न लगाउने बोर्डले जनाएको छ ।

यसअघि प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिले एसईई अनुगमनका लागि विभिन्न व्यक्ति तथा संस्थाका पदाधिकारीहरूलाई अनुमति पत्र दिएका थिए ।

एसईईका परीक्षार्थीहरूलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बोर्डले जनाएको छ । मर्यादित रूपमा परीक्षा सञ्चालन गराउने व्यवस्था गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वयलाई बोर्डले अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com