२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

आजदेखि बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो ।

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्ग अन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलका लागि  पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com